मतदान सकिएको ११ दिन पछि पहिलो चरणको निर्वाचनको मत गणना हुँदै

तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मात्र मत गन्ने

काठमाडौं – पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।
मंसिर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो । पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलीय बैठक सकेर मतगणना शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ ।
दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित