कांग्रेसका कार्यकर्ताद्वारा मतपेटिका कब्जा गरि आगजनी

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा रहेको मथुरा मावि केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका फालेका छन् । मतदान भइरहेको मतपेटिका कब्जा गरी कांग्रेस कार्यकर्ताले मतपत्रमा आगजनी गरेर नष्ट गरेका छन् ।
मतपेटिका फालिएपछि यहाँको मतदान स्थगित भएको छ । मतदानमा खटिएका सुरक्षाकर्मी मतपेटिकामा आगजनी हुँदा समेत रमिते बनेको बाम गठबन्धनले आरोप लगाएको छ । २५ वटा मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएको थियो । जसले गर्दा विवाद उत्पन्न भएको हो । मतदान अधिकृत सुरेन्द्र राज अधिकारीले भुलबस हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिएको स्विकार गर्नु भएको छ ।
मतपत्रमा हस्ताक्षर नगरेको भए जानकारी गराउन दलका प्रतिनिधिलाई भने पनी त्यसो नगरी मतपेटिका नै फालि आगजनी भएको अधिकारीले बताउनु भयो । नेपाली काङ्ग्रेसका कार्यकताले बुथ कब्जा गरि मतपेटिका फालेर मतपत्रमा आगजनी गरेको बाम गठबन्धनले आरोप लगाएको छ । कांग्रेसले भने मतदान अधिकृतले नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित