बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–जापान सरकारले आगामी जनवरी १ तारिकबाट भारतीय नागरिकहरुलाई छोटो अवधिका लागि दिने मल्टीपल भिसाका लागि नियमलाई सरलीकरण गर्ने भएको छ ।
भारतमा रहेको जापानी दूतावासले जनाए अनुसार मल्टीपल भिसाका लागि आवेदन गर्नेहरुले रोजगार प्रमाणपत्र र यात्राका लागि कारण बताउने सम्बन्धी कागजात पेश गर्नु नपर्ने भएको छ । यसका लागि राहदानी, भिसा आवेदन फारम, आर्थिक क्षमता प्रमाणित गर्ने कागजात ( पर्यटनको लागि) सम्बन्धित संस्थामा आवद्धताको कागजात (व्यवसायिक प्रयोजनका लागि ) मात्र समावेश गरे हुने भएको छ ।
यस भिसाको वैधता अधिकतम अवधि पाँच वर्षसम्मको हुने र जापानमा बढिमा ९० दिन बस्न मिल्ने बताइएको छ । दुई वा सो भन्दा बढी पटक जापानको यात्रा गरेकाहरुले भने पासपोर्ट र भिसा आवेदन फारम मात्र पेश गरे हुने भएको छ । यस नियमबाट जापानको यात्राका लागि भिसा ढिलाइबाट हुने समस्याबाट मुक्ति मिल्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया