शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो– यौवन अवस्थामा पुगेका ६० प्रतिशत जापानी युवतीहरु कामको बोझका कारण माया र प्रेम सम्बन्धमा रम्न इच्छुक नभएको एक सर्वेक्षणले देखाएको छ ।
कोकोलोनी डट जेपी नामक डेटिङ अनलाइनले गरेको एक सर्वेक्षणका अनुसार जापानमा पुरुष जत्तिकै महिलाहरु पनि काममा व्यस्त रहेकोले पुरुषसँग रोमाण्टिक भई प्रेम गर्नुको सट्टा घरमा नै आरमदायी सोफामा बसेर टेलिभिजनमा सिरियल हेर्न खुशी हुने गरेको देखाएको छ ।
सर्वेक्षणले काममा थकित चार जना युवतीमा एक जना मात्र प्रेम सम्बन्धमा रहेको देखाएको छ । साथै केटीहरु केटासँग डेटिङ जान छाड्नेको संख्या बढ्दै गएको पनि देखाएको छ । डेटिङ जानु समयको बर्वादी मात्र भएको उनीहरुले धारणा राख्न थालेका छन् ।
१९८० को दशकमा २० वर्ष उमेर समूहका ६० प्रतिशत युवायुवती प्रेम सम्बन्धमा रहेको भएपनि हाल यसको संख्या निकै घट्दै गएको छ ।
यस विषयमा जिज्ञासा राख्ने जानकारहरुका अनुसार जापानमा कामको घण्टा घटाइनुपर्ने, मातृत्व बिदाको ग्यारेण्टी गरिनुपर्ने, काम गर्ने कार्यालयको वातावरण तनावपूर्ण नबनाउने हो भने प्रेमका फूलहरु फेरी एकपटक युवतीहरुको हृदयमा खेल्न थाल्नेछन् ।
जापान सरकारले युवा युवतीहरुका लागि प्रेममा कुनैपनि प्रतिबन्ध नलगाइएको भएपनि कामको तनाव र थकान कै कारण प्रेम सम्बन्धमा कमी हुने गरेको रक्त परिक्षणको प्रतिवेदनले पनि देखाएको बताइएको छ ।
जापानमा पछिल्ला वर्षहरुमा जन्मदर निकै घट्दो क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया