शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – गायक तथा मोडल नरेश जोगी र गायिका मेलिना राईले थारु भाषाको ‘चाँद जैसिन तोहार सुरतिया’ बजारमा ल्याएका छन् ।

‘चाँद जैसिन तोहार सुरतिया’ गीतको बोलको पुनः सुटिङ गरी सार्वजनिक गरिएको हो । पहिले सुटिङ गरेर युट्वमा डाउनलोड गर्ने तयारी अवस्थामा रहेको बेला महिला मोडलले युट्युवमा डाउनलोड नगर्न अनुरोध गरेका कारण निर्माण पक्षले पुनः सुटिङ गरेको हो ।

‘चाँद जैसिन तोहार सुतरिया’ गीतको रचना र संगीत पनि गायक नरेश जोगीको रहेको छ । यस गीतमा करिश्मा चौधरी र जेएमसी चौधरी मोडल छन् ।  यसमा निर्देशन अर्जुन थापा तथा छायाँकन राजु केसीको रहेको छ । थारु गीत प्रायः थारु गाउँठाउमा सुटिङ भइरहेका बेला यसको भने कुलेखानी क्षेत्रमा सुटिङ गरिएको छ ।

गायक नरेश जोगीले १० वटा गीतमा मोडल गरेका छन् ।  गायिका मेलिना राईले आफू थारु भाषा नबुझे पनि पहिलो पटक गीत गाउन पाउँदा निकै खुशी लागेको बताइन् ।

तपाईको प्रतिक्रिया