बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुनुहुने भएको छ । उम्मेदवारी दर्ता गराउने समयमा उहाँको मात्रै मनोनयन परेकाले निर्विरोध हुनुहुने भएको हो । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ । आगामी पार्टी महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजोसम्म थियो । राहुल गान्धी अहिले पार्टी उपाध्यक्ष हुनुहुन्छ ।

पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेको हो । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएको थियो ।

भारतीय जनता पार्टीको झण्डै झण्डै एकलौटी रहेको र कांग्रेस आईको अवस्था निकै दयनीय भएका बेला राहुलको काँधमा पार्टीको जिम्मेवारी पुग्न लागेको हो ।

तपाईको प्रतिक्रिया