शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –  सूचना प्रविधिको विकाससँगै मानिसका लागि ल्यापटप र स्मार्टफोन अनिवार्य आवश्यकताजस्तै बन्न थालेको छ । तर, ल्यापटप प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । ल्यापटप प्रयोग गर्दा यस्ता सावधानी अपनाएमा लामो समय टिक्न सक्छ :

– ल्यापटप चलाउने वेला जहिले पनि समतल र कडा ठाउँमा राख्नुपर्दछ । ल्यापटपको तल्लो भागमा ताप आउने पंखा हुने भएकाले ओछ्यान तथा सोफामा राखेर चलाउँदा हावाको प्वाल टालिन सक्छ र ल्यापटप बढी तात्ने समस्या हुन्छ । चलिरहेको ल्यापटप बढी तातो हुन नदिनका लागि उक्त पंखाको प्रयोग गरिएको हुन्छ ।

शर्मिला शर्मा, आइटी इन्जिनियर

– ल्यापटप स्क्रिनको लाइट ५० प्रतिशतभन्दा कम बनाएर प्रयोग गर्नुपर्दछ । यसो गर्दा आँखामा असर पर्नबाट रोक्नुका साथै लामो समयसम्म ब्याट्री टिक्ने गर्दछ ।

-ल्यापटपको ट्र्याकप्याड चिसो हातले चलाउनु हुँदैन । ट्र्याकप्याडलाई सुक्खा राखेर चलाउँदा बढी सजिलो र दाग लाग्ने सम्भावना कम हुन्छ ।

-ल्यापटपलाई लामो समयसम्म काखमा राखेर चलाउँदा पनि तात्ने समस्या हुन्छ । सम्भव भए ल्यापटप स्ट्यान्डमा राखेर चलाउनु उपयुक्त हुन्छ ।

-ल्यापटपमा इन्टरनेट चलाउनका लागि प्रयोग गर्ने राउटर वायरलेस भयो भने सजिलो हुन्छ ।

-ल्यापटपमा अनिवार्य रूपमा एन्टिभाइरस राख्नुपर्दछ । नत्र पेनड्राइभ, सिडी, इन्टरनेटजस्ता डिभाइसहरू प्रयोग गर्दा ल्यापटप छिटो बिग्रने समस्या हुन्छ ।

-ल्यापटपमा महत्वपूर्ण फाइल सेभ गर्दा सी ड्राइभ कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । सी ड्राइभमा सेभ गर्दा फाइल उड्ने समस्या हुन्छ ।

तपाईको प्रतिक्रिया