शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – शशि कपूरको सोमबार ७९ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।

‘मेरे पास बंगला हे, गाडी हे, तुम्हारे पास क्या हे ?’ ‘मसँग बंगला छ, गाडी छ, तिमीसँग के छ ? भन्ने प्रश्नमा ‘मसँग आमा छिन्’ भन्दै आफ्नो अभिनयले दर्शकलाई लोभ्याउन सफल भएका शशि कपूरको फिल्मी करिअर निकै नै सफल रहयो ।

उनले हिन्दी सिनेमा मात्रै अभिनय गरेनन्, कैयौँ अन्र्राष्ट्रिय प्रोजेक्टमा पनि काम गरेका छन् । उनले कैंयौँ हिट चलचित्रको निर्माण तथा निर्देशन पनि गरेका छन् । उनलाई बलिउडका पहिलो ग्लोबल स्टारका रुपमा पनि लिइने गरिन्छ ।

बलिउडमा रोमान्टिक स्टारका रुपमा परिचित कपूर विभिन्न अभिनेत्रीसँग सफल चलचित्रमा काम गरेका छन् । उनले सबैभन्दा बढी शर्मिला टेगोर राखीसँग अभिनय गरेका छन् । शशि कपूरले शर्मीला टेगोरसँग १२ वटा चलचित्रमा काम गरेका छन् । जमिध्ये ६ वटा चलचित्र सुपरहिट भएका थिए । ‘वक्त’, ‘आमने–सामने’, ‘सुहाना सफर’, ‘आ गले लग जा’, ‘पाप और पूण्य’ तथा ‘स्वाति’ शर्मीला र शशिले अभिनय गरेका केही सम्झनलायक चलचित्र हुन् ।

 शशि कपूर नन्दाको जोडी पनि निकै मन पराइन्थ्यो । उनीहरुले ‘जब जब फूल खिले’ जस्तो सुपरहिट चलचित्रमा सँगै अभिनय गरे । ‘जब जब पूल खिले’ र ‘मोहब्बत इसको कहे हेँ’ उनको पहिलो सोलो हिट फिल्म थियो । दुबै फिल्मा शशिको हिरोइन नन्दा थिइन् । उनले नन्दासँग काम गरेका चलचित्रमध्ये ‘राजा साब’, ‘रुठा न करो’, ‘निद हमारी ख्वाब तुम्हारे’ जस्ता चलचित्र दर्शकका लागि दिए ।

राखी गुल्जारसँग  पनि उनले १० वटा चलचित्रमा सँगै काम गरे । ‘शर्मीली’, ‘जानवर और इनसान’, ‘कभी कभई’, ‘तृष्णा’ तथा ‘बसेरा’ सुपरहिट चलचित्र हुन् । कपूरले जिनत अमानसँग पनि १० वटा फिल्ममा अभिनय गरे । तीमध्ये ६ वटा चलचित्र सुपरहिट भए । ‘रोटी, कपाडा और मकान’, ‘चोरी मेरा काम’, ‘दीवानगी’, ‘हीरालाल पन्नालाल’, ‘पाखण्डी’ तथा ‘भावना जक्सन’ कपूर र अमानले सँगै काम गरेका हिट फिल्म हुन् । राखीसँग अभिनय गर्न कपूर निकै नै मन पराउँथे ।

बलिउडमा ड्रिम गर्ल भनेर चिनिने हेमा मालिनीसँग पनि उनले १० वटा फिल्ममा अभिनय गरेका छन् । ‘आपबीती’, त्रिशुल’, ‘आँधी तूफान’, ‘अपना खान’ तथा ‘मान गये उस्ताद’ जस्ता चलचित्र बक्स अफिसमा सर्वाधिक सफल भए ।

तपाईको प्रतिक्रिया