चुनावमा धाँधली भएको भन्दै होन्डुरसमा विरोध प्रदर्शन

काठमाडाैं – राष्ट्रपतीय चुनावमा सत्तारुढ पार्टीले धाँधली गरेको भन्दै भएको विरोध प्रदर्शनको क्रममा हिंसा भड्किएपछि साम्य पार्न होन्डुरस सरकारले सेना र प्रहरीलाई थप शक्ति प्रत्यायोजन गरेको छ ।

विरोध प्रदर्शनलाई रोक्न सरकारले कर्फ्यू समेत लगाएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । विरोध प्रदर्शनका क्रममा १ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने २० जना घाईते छन् । गत आईतबार भएको राष्ट्रपतीय निर्वाचनमा खसेका मतमध्ये ५ हजार वटा मतपेटीकाको पुनस् मतगणना गर्नुपर्ने विपक्षी पार्टीले माग गरेपनि निर्वाचन आयोगले ढिलाई गरेपछि विरोध प्रदर्शन भएको हो ।

विपक्षी सालभाडोर नासराल्लाले सो मतदानमा धाँधली भएको आरोप लगाएका छन् । निर्वाचन आयोग र सत्तारुढ पार्टीको मिलेमतोमा धाँधली भएको नासराल्लाको आरोप छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित