शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–परदेशी गायकका रुपमा परिचित सूर्य खड्काले आफ्नो कर्मक्षेत्र जापानमा रहेको टोकियो रोधी घरमा भेट हुन आउनका लागि सबैलाई आग्रह गरेका छन् ।
रोधी घरमा आएर दोहोरी गाउंदै माया प्रेम गास्दै सँगै नाचेर रमाइलो गर्न हालै सार्वजनिक भएको गीति एल्बम ‘टोकियो रोधी घरैमा’ मार्फत आग्रह गरेका हुन् । ‘
टोकियो रोधी घरैमा भेट हुन आउ है सानु माया प्रेम गांसौला, सँगै नाचौला’ भन्दै गायक खड्काले परदेशमा रहेका सबै साथीभाइ, आफन्तजन र इष्टमित्रलाई कामको बोझबाट टाढा रहेर आफुसँगै केही समय दोहोरीमा रमाउनका लागि टोकियो रोधी घरैमा आउन भनेका हुन् ।

सर्जक दिपक कंडेलको शब्द गायक खड्काको लय तथा संगीतमा रहेको उक्त एल्बममा स्वर खड्का र पूर्णकला बिसीको रहेको छ । टोकियो रोधी क्लवमा छायाङ्कनका गरिकोए सो गीति एल्बममा गायक खड्का र सोना केसीको अभिनय रहेको  छ । गुराँस म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको सो गीत गायक खड्काको यु-ट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । ***

तपाईको प्रतिक्रिया