शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

नयाँ दिल्ली – चर्चित भारतीय कमेडि कलाकार कपिल शर्मा अभिनित दोस्रो चलचित्र फिरंगी  शुक्रबारबाट रिलिज भएको छ । राजीन ढिंगरा निर्देशित चलचित्रमा कफिलका साथ इशिता दत्त र मोनिका गिलको अभिनय समेत देख्न पाइन्छ ।

यस अगाडि कपिलले २०१५मा चलचित्र किस किसको प्यार करु अभिनय गरेको थिए । उनको डेब्यु चलचित्र दर्शकले मन पराए, भने किस किसको प्यार करुले बक्स अफिसमा राम्रो कमाइ समेत गर्न सफल रह्यो । अहिलेको फिरंगी चलचित्र कपिल शर्माले नै निर्माण गरेका हुन् । समिक्षकको प्रतिक्रिया अनुसार चलचित्र सुस्त र निरास गर्ने रहेको छ ।

चलचित्रको बारेमा कुन मिडियाले के लेखे

 हिन्दी दैनिक जागर मिडियाले चलचित्रलाई दुई स्टार दिदै कपिल शर्माको अभिनय राम्रो नभएको बताएको छ । फिरंगीलाई औसत चलचित्र भन्दै यो मिडियाले एक खेलाडीको कमजोर खेलसँग तुलना गरेको छ । खेल कमजोर भएकोले पुरै चलचित्र कमजोर बनेको बताएको छ ।

अंग्रेजी अनलाईन टाइम्स अफ इन्डियाले पनि चलचित्रलाई दुई तारा दिदै कपिलले आफ्नो ट्यालेन्ट चलचित्रमा देखाउन नसकेको बताएको छ । चलचित्र लामो समेत भएको उल्लेख गर्दै यो मिडियाले यसको प्लट लगान जस्तो रहेको उल्लेख गरेको छ । चलचित्रका जति गाउँ देखाइएको छ । ति सबै एकै खालका भएको टाइम्सले लेखेको छ ।

बलिउडकै एनडी टिभी वेभसाइटले चलचित्रमा कपिल शर्माको अभिनय एभरेज रहेको बताउँदै कपिल शर्माको मंगा बन्ने कोसिस असफल रहेको लेखेको छ । चलचित्रको बीचमा कपिलले कमेडीका सानोसानो पन्च मार्न खोजे पनि ती सबै पुरानो पन्च भएको लेख्दै अभिनेत्रीद्धय इशिता दत्त र मोनिका गिलको अभिनय पनि सामान्य भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया