शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मंसिर २९ गतेबाट रिलिज हुने चलचित्र ‘माइ लभ’को एक आइटम गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा कलाकार गणेश लामा र शित्तल श्रेष्ठलाई फिचरिङ गरिएको छ । ‘सत्र बर्षे जोवन’ बोलको गीतमा अर्जुन मुसोङको शब्द र संगीत छ । मिना सिंहको स्वर रहेको गीतको भिडियोमा प्रदिप श्रेष्ठको कोरियोग्राफी छ । नेपालमा गएको विनाशकारी भूकम्पका कारण भएको क्षतीलाई भावानात्मक रुपमा चलचित्रमा जोडिएको छ ।

भूकम्पको समयमा सुरक्षाकर्मी र उद्दारकर्मीले खेलेको भूमिकालाई चलचित्रमा उठान गरिएको छ । चलचित्रमा गणेश लामा, शित्तल श्रेष्ठ, जापानीज कलाकार रिवन मित्सुतानीको मुख्य भूमिका छ ।

 

तपाईको प्रतिक्रिया