बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं –  अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ ।

  • केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । एक अध्ययनपछि उनीहरूको प्रतिवेदन ‘स्लिप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो ।
  • बारम्बारका नराम्रा सपनाका कारण बालबालिकाले भावनात्मक चोटको सामना गर्नुपर्ने हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । उनीहरूका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ ।
  • मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ । गहिरो निद्रामा परेका वेला अरू सबै मांसपेशीले काम नगरे पनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांसपेशीलाई भने असर पार्न सक्छ । त्यसकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र, मानिसले खराब सपना सम्झन्छ ।
  • अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ । यसले छाती दुख्ने समस्या सात गुणा बढी हुन्छ ।
  • मिर्गौलामा संक्रमण, रुघाखोकीलगायत संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने गर्छन् ।
तपाईको प्रतिक्रिया