शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

लाेकतन्त्र संस्थाथत गर्नका लागि अहिले निर्वाचन अनुगमन गर्न अावश्यक रहेकाे भन्दै धमाधम निर्वाचन परिवेक्षण टाेली यतिबेला नेपालकाे ७७ जिल्ला पुग्ने क्रम जारी रहेको छ । नेपालमा नयाँ संविधान २०७२ जारी भएपछि स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । अब देश संघीयतामा प्रवेश गरिसकेको अबस्थामा अहिले संविधानलाई मुर्तरुप दिनका लागि माघ ७ गते भित्र प्रतिनीधि सभा र प्रदेश सभाकाे निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व अनुसार अहिले दुई चरणमा हुदै गरेको निर्वाचनलाई ध्यानमा राखेर  हुदै गरेको निर्वाचनलाई अनुगमन तथा निर्वाचन पर्यवेक्षण गर्ने भनेर निर्वाचन अायाेगसंग स्वदेशी तथा विदेशी संस्थाले अनुमती लिएर कामकाे थालनी गरिसकेको छन् ।
अाम निर्वाचन पर्यवेक्षण समितिले  निर्वाचन पर्यवेक्षण गर्ने संस्था र ब्यक्तिले पालना गर्नुपर्ने नीति नियम निर्वाचन अायाेगले बनाएको छ साे  भित्र रहेर  काम गर्नुपर्ने भनिएपनि विदेशबाट अाएकाे निर्वाचन पर्यवेक्षण टाेलीकाे काम ठिक विपरित देखिएकाे बाट पनि के कुरा स्पष्ट हुन्छ भने यिनीहरूकाे काम भन्ने एउटा गर्ने अर्को थाेक हाे । पर्यबेक्षकले अाफ्नाे सिमामा रहेर पर्यबेक्षण गर्नुपर्ने अाफ्नाे पहिचान सहित अाफुलाई ताेकेकाे केन्द्रमा गएर मात्रै गर्नुपर्ने कानूनी ब्यबस्था भए पनि अहिले विशेष गरेर युराेपियन युनियनले गर्ने निर्वाचन पर्यबेक्षण बारे अहिले नै प्रश्न चिन्ह खडा भैसकेको छ ।
बाकेमा पुगेर निर्वाचन पर्यबेक्षण गर्ने युराेपियन युनियनका पर्यबेक्षण टाेलीले निर्वाचन कार्यालयमा पुगेर अनावश्यक हस्तक्षेप गरेकाे अाफुलाइ सराेकार नभएको बिषयमा चासो राखेको कर्मचारीलाई कुन राजनीति दल बलियो छ तिमीहरूले कुन पार्टीलाई भाेट हाल्ने हाे भनेर प्रश्न गरेपछि यतिबेला  युरोपीयन युनियनका टाेलीलाई बाकेमा निर्वाचन पर्यबेक्षण गर्नबाट राेक लगाउनु भनी निर्वाचन अायाेगमा पत्राचार भएको छ । साच्चै अहिले निर्वाचन नेपालमा हुदैछ चासो दुनियाँलाई बढेको छ यहाँ कुन राजनीति पार्टीले चुनाव जित्छ कुनले हार्छ भन्ने बारे स्वदेशीलाई भन्दा पनि अहिले बिदेशीलाई चासो छ । अहिले निर्वाचन पर्यबेक्षणकाे टाेपी लगाएर नेपालकाे राजनीतिमा हस्तक्षेप गर्न युरोपेली युनियन लागि परेको स्पष्ट देखिन्छ ।

राजेशचन्द्र राजभण्डारी

निर्वाचन अायाेगले जुन ढाचामा निर्वाचन परिबेक्षण गर्ने भनेर नीति बनाएको छ, त्यही फ्रेम भित्र बसेर काम गर्नुपर्ने हाे तर त्यसलाई वास्ता नगरीकन अहिले खुलेअाम हस्तक्षेप नै गरेको देखिन्छ । निर्वाचन परिबेक्षण त खाली बहाना मात्रै भएको  देखिन्छ । नेपालमा सम्पन्न हुने निर्वाचनलाई स्वतन्त्र निष्पक्ष धाँधलीरहित बाताबरणमा सम्पन्न गर्न सघाउ पुर्‍याउने र साेही अनुरूप भए नभएको पर्यबेक्षण गर्ने  उद्देश्य भएको कुरा निर्वाचन परिबेक्षण गर्ने संस्था जियाेगले २०४८ सालदेखि अहिलेसम्म निर्वाचन पर्यबेक्षण गर्दै अाएकाे छ । यसले गरेको सकारात्मक भूमिकाकाे कारणले निर्वाचनमा केही सुधार भएका छन् । यसले देशलाई राजनीति पार्टीलाई निर्वाचन अायाेगलाई फाइदा पुगेको छ ।
साच्चै अहिले हामीले गर्ने निर्वाचन पर्यबेक्षण के काे लागि किन गर्ने भन्ने बारे अाफ्नाे साेचाई हाेला तर समग्ररूपमा अहिले निर्वाचनमा देखिएको बिकृती बिसंगतिलाई नै सुधार गर्नका लागि हाे भन्ने कुरा स्पष्ट छ । तर  निर्वाचन अनुगमन गर्ने पर्यबेक्षण ब्यक्तिकाे राजनीति अास्थाकाे कारण कतिपय अबस्थामा गलत भूमिका कै कारणले पनि सिंगो संस्था समेत बदनाम हुने गरेको छ ।

निर्वाचनमा पर्यबेक्षण गर्ने ब्यक्तिले निर्वाचन पर्यवेक्षण गर्दा निर्वाचनमा धाधली नहुने, जनताले सहजै मतदान गर्न पाउने बाताबरण बन्ने, राजनीतिदल बिच मनमुटाव कम हुने मतदाता किन्ने प्रतिस्पर्धा कम हुने अपेक्षा निर्वाचन अायाेगले गरेको छ । तर देशभर निर्वाचन पर्यबेक्षणकाे भूमिका खेल्ने संघसंस्था र ब्यक्तिकाे भूमिका कै कारणले पनि निर्वाचन गराउने निकायलाई सजिलो भन्दा पनि झन जतिलता थपिन पुगेको देखिन्छ ।

साच्चै परिवेक्षक भनेकाे के हाे ? मेरो भूमिका के हाे ? मेरो दायित्व के हाे ? मलाई किन यो भूमिकामा पठाएको हाे भन्ने कुरा पहिले निर्वाचन पर्यबेक्षणकाे तालिम लिदै गर्दा सबै भूमिका सिकाइएकाे हुन्छ । त्यो सपथ खाएकाे व्यक्तिले गलत धन्दा गर्नेतर्फ मन र मति बनाउनु हुदैन भन्ने कुरा थाहा हुंदाहुंदै पनि मान्छेले नियत गलत गरेको पनि देखिन्छ । अहिले निर्वाचन पर्यबेक्षण अनुगमन पनि नाटक साबित हुदै गैरहेकाे देखिन्छ ।अहिले यसपटकको प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन पर्यबेक्षण गर्नका लागि धेरै संघसंस्थाले निर्वाचन अायाेगबाट अनुमति पाएका छन् । तर तिनीहरू भने खाली सहरी क्षेत्रमा र सुगम जिल्लामा मात्रै अाफ्नाे भूमिका  देखाउने गरेको छ । अहिले देशमा निर्वाचन हुदै छ दिनहुँजसाे ठाउँ ठाउँमा बम बिस्फोट भैरहेकाे छ सर्बसाधारण घाइते भएका छन् । सरकारले शान्ति सुरक्षाको अबस्था राम्रो भएको बताएकाे छ, तर मतदान केन्द्रमा मतदान गर्न कसरी जाने भन्ने सुरक्षाको वातावरण बिग्रिएको  छ ।

अहिले निर्वाचन पर्यबेक्षण गर्ने निकायलाई पनि सजिलो वातावरण अवश्य पनि छैन तर पनि यसले खेल्ने भूमिका सकारात्मक नै हाे अहिले निर्वाचन खर्चिलो भड्किलो बन्दै गैरहेकाे समयमा एकजना सांसदले एउटा निर्वाचन जित्न ३ कराेड खर्च गर्दा देशमा राजनीति भ्रष्टाचार बढेको टिप्पणी पनि भैरहेको छ । सांच्चिकै यो प्रणालीलाई राेक्न सकेन भने भाेलिका दिनमा राजनीति सबै ठेकेदार ब्यापारी दलाल तस्कर कै हातमा जाने निश्चित छ ।

अहिले निर्वाचन पर्यबेक्षण कै भूमिका प्रभाकारी हुन सक्यो भने मात्रै राजनीति विकृती राेकिन जाने छ । अहिले खाली अनुगमनकाे लागि अनुगमन पर्यबेक्षण नगरी निष्पक्ष ढंगले गर्न जरुरी छ तर युरोपियन युनियनकाे जस्तो हस्तक्षेपकारी हैन त्यस्तो नांगो रूपमा अाउने संस्थालाई सधैंका लागि कालाे सूचिमा राख्न हिम्मत निर्वाचन अायाेगले गर्न सक्नुपर्छ । नेपालका मिडियाले यस्तो तत्त्वकाे भण्डाफोर गर्नुपर्छ । अहिले बामपन्थी गठबन्धन र लाेकतान्त्रिक गठबन्धन जसले निर्वाचन जितेपनि त्यसको सहि निष्पक्ष अनुगमन र पर्यबेक्षण हुन जरुरी छ । ***

तपाईको प्रतिक्रिया