शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसीर ८ र ९ गते नेपाल बन्द आयोजना नगरेको स्पष्ट पारेको छ ।
विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ र ९ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको सो पार्टीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले जानकारी गराउनु भयो ।
नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेको स्पष्ट पार्नु भएको छ । उहाँले बन्द निराधार रहेको र त्यसको भ्रममा नपर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया