मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

रसुवा – रसुवाको कालिका गाउँपालिका–१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको हुँदा सुरक्षालाई मध्यनजर राख्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

स्थान परिवर्तन गर्नका लागि दुबै गठबन्धनसँग समन्वय गरेको र आग्रहलाई अस्वीकार गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया