शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

नुवाकोट  – स्थानीय प्रशासनले नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरेलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन अनुसार बिहीबारका लागि ढिकुरेमा कुनै पनि सभा र जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

निषेधित क्षेत्रमा बिहानैदेखि नेपाली सेनाले गस्ती सुरु गरेको छ। ढिकुरेमा बिहीबार वाम र लोकतान्त्रिक गठबन्धन दुबैले नजिकै कार्यक्रम राखेपछि सम्भावित तनावलाई मध्यनजर गरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।

जिल्ला प्रशासन कार्यालयले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कुनै पनि सभा, जुलुश गर्न नपाउने निर्णय गरेको हो। प्रशासनले पूर्व चौघडा, पश्चिम बराहफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणतर्फ चौखडासम्म सीमा तोकेर निषेधित क्षेत्र घोषणा गरेको हो।

तपाईको प्रतिक्रिया