शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकामा रहेको एकजना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ भेटिएको छ ।

प्रहरीले मनहरी गाउँपालिका–२ सिद्धकालीका ईमानबहादुर थिङको घरबाट हातहतियार र विष्फोटक पदार्थ फेला परेको हो । अहिले फरार रहेका थिङ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताउनुभयो ।

थिङको घरमा मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा खानतलासी गरी हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको थियो ।

थिङको घरबाट कटुवा बन्दुक १ थान, कटुवा बन्दुकमा लाग्ने १२ बोरको गोली ३ राउण्ड, ३७ नम्बर डेटोनेटर ३ थान, २७ नम्बर डेटोनेटर २ थान, बिजुलीको तार २ सय मिटर, सकेट पाइप १ थान, सर्किट ब्याट्री २ थान, जिलेटिन पहेँलो रङको १०० ग्राम, डेटकट तार २ मिटर, बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३०० ग्राम फेला परेको छ ।

त्यस्तै कालो रङको बारुद १५० ग्राम, एसएलआर राइफलको म्याग्जिन १ थान, ईन्सास राईफलको म्याग्जिन १ थान, राइफलको तेल २०० मि.लि., नेपाली सेना पाइन्ट १ थान र सशस्त्र प्रहरीको चुस्ताको सर्ट १ थान, जनमुक्ति सेनाको कमब्याड टोपी २ थान र ‘हाम्रो संश्लेषण’ र ‘साम्यवादका विशेषताहरु’ लेखिएको किताब १–१ थान फेला परेको प्रहरीले जनाएको छ । फरार रहेका थिङको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया