मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो-वाचकटले आफ्नो भिडियो श्रृंखला “१०० इयर्स अफ ब्युटी” (सौन्दर्यका १०० वर्ष) मा जापानलाई समेटेको छ । यसले जापानमा विगतको शताब्दीमा महिलाहरूका लागि सौन्दर्य ट्रेन्डहरू कसरी परिवर्तन भएको छ भन्ने देखाउँछ ।
यस श्रृंखलाले टाइम ल्याप्सको उपयोग गरी विगतका १०० वर्षका दौरान विभिन्न सँस्कृतिमा महिलाहरूको लागि मेकअप तथा हेयरस्टाइलमा भएका परिवर्तनलाई ट्रयाक गरेको छ । जापानका अलावा यस श्रृंखलामा इरान, कोरिया, तथा फिलिपिन्स लगायतका मुलुकहरू समेटिएको ग्वोबल भ्याइस अनलाइनले जनाएको छ ।
जुन्को र मरिना टेलरले यस भिडियोका लागि अनुसन्धान गरेर तथा उनीहरूका नोटहरू पिन्टरेस्टमा डकुमेन्ट गरिएका छन् ।

उनीहरूले रूपरंग पछाडिको अनुसन्धानबारे जानकारी दिंदै एउटा भिडियो प्रस्तुत गरेका छन् ।

१०० इयर्स अफ ब्युटीको सम्पूर्ण श्रृंखला यहाँ हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया