शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – आउँदो आइतबार मतदान हुने ३२ जिल्लाका शैक्षिक संस्था बिहीबारदेखि बन्द हुँदैछन् । चुनावका लागि जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बिहीबारदेखि ४ दिन बन्द रहने सरकारले जनाएको छ ।

धेरैजसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले चुनावको तयारीका लागि बिहीबारदेखि नै बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउँदो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।

तपाईको प्रतिक्रिया