शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

गौशाला – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ ।

सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा ९एमाले०का उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान बढाउनु भएको छ । अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिनुभएको छ । संयोजक ठाकुरले मधेशलाई अधिकार सम्पन्न, विभेद्बाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालीको चुनावमा मतदातालाई मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर सम्पूर्ण मधेशलाई मधेशीमय बनाउन आग्रह गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फकाउँदै हुनुहुन्छ ।

उहाँ मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्नुहुन्छ भने आफ्नो स्वभिमान, सम्मान र अधिकारको रक्षा केवल मधेश सरकारबाट हुने दाबी गर्दै मतदातालाई आफूलाई भोट हाल्न आग्रह गर्नुहुन्छ । राजपा नेपालको समर्थनमा नेपाली काँग्रेसले समेत उम्मेदवारी फिर्ता लिएपछि आफू निर्वाचन जित्नेमा संयोजक ठाकुर विश्वस्त देखिनुभएको छ ।

राजपा नेपाल कै बागी उम्मेदवार बन्नुभएका चन्देश्वर झा आफू जित्ने दाबी गर्नुहुन्छ । पूर्व सांसद चन्देश्वर झा आफूलाई यहाँको जनताले विकासका लागि स्वतन्त्ररुपमै उठ्नुस् भनेपछि उठेको र तीनै जनताले भोट हालेर जिताउने दाबी गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया