बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – प्रहरी सर्वोच्च अदालत परिसरमा बम राखेको भन्ने हल्लामात्र भएको बताएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार सबैलाई बाहिर निकालेर खोज्दा पनि केही फेला परेको छैन । ‘हामीले खोज्दा केही भेटिएन, बम राखेको हल्ला मात्र हो,’ धानुकले भन्नुभयो ।

फोन कसले गरेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रधानन्यायाधीशको सचिवालय, कामु रजिस्ट्रारको कार्यालय र सर्वोच्च अदालतका प्रवक्ता कहाँ फोन गरेर बम राखेको छ, सुरक्षित हुनुहोला भन्दै फोन गरिएको थियो। फोन सेटमा कलर आइडी नभएकाले कहाँ र कसले फोन गरेको भन्ने अनुसन्धान गर्न नेपाल टेलिकमको सहयोग लिनुपर्ने भएको छ ।

आज अपरान्ह सर्वोच्च परिसरमा बम राखेको हल्ला चलेपछि प्रहरी टोली खटेको थियो । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीको मोबाइलमा सर्वोच्च परिसरमा बम राखेको सन्देश आएको थियो । बम राखेको हल्ला चलेपछि सर्वोच्च परिसरसहित आसपासका मानिसमा त्रास फैलिएको थियो ।

तपाईको प्रतिक्रिया