बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ । महिला तथा पुरुष दुबैको लागि आयोजना हुने प्रतियोगिताले अन्तराष्ट्रिय स्तरमा नेपालका मोडल पठाउने उदेश्य राखेको बताइयो ।

यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूहका पुरुष र महिलाले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको अडिसन मंसिर ५ गतेदेखि त्रिपुरेश्वरस्थित डब्लुटिसीमा सुरु भएको छ । एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्‍याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक-फरक थिममा फोटोसुट गराइने बताइएको छ ।

सहभागिताका लागि जनाउन एक्स फेक्टरको अफिसियल फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्नेछन् । प्रतियोगिताको विजेतालाई पुरस्कार साथै ४ दिनको थाईल्याण्ड टुरको समेत मौका मिल्ने बताइयो ।

तपाईको प्रतिक्रिया