शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो–संयुक्त राष्ट्रसंघको शरणार्थी उच्च अायोगले जापानलाई थप शरणार्थी लिनकाे लागि दबाब दिएकाे छ । अायोगका उच्च अधिकारी फिलिप्पो ग्राण्डीले हालै टोकियोमा भएको एक प्रेस सम्मेलनमा वर्षमा २० देखि ३० जनालाई मात्र शरणार्थी मान्यता दिनु अति नै न्यून संख्या भएको बताएका छन् । उनले भने-‘शरणार्थीको  संख्यामा वृद्धि गर्न म जापान सरकारसँग अपील गर्दछु ।’

‘जापानले शरणर्थी लिन अनिच्छा देखाउनु आप्रवासनका लागि सांस्कृतिक र जातीय सावधानी अपनाउनु जस्तो देखिन्छ ।’ ग्राण्डीले भने–यस्तो गरिनु अन्तर्राष्ट्रिय मानवअधिकार समूहका लागि तिव्र आलोचनात्मक कार्य हो र शरणार्थीका लागि अन्तर्राष्ट्रिय रुपमा नै बाधा पुर्याउनु जस्तै हो ।
यस वर्षको ६ महिनामा जापानले ३ जना शरणार्थीलाई मात्र मान्यता दिएको र सन् २०१६ मा १० हजार ९१ जनाले आवेदन दिएकोमा २८ जनालाई मात्र शरणार्थीको मान्यता दिएकोप्रति इंगित गर्दै विस्थापितहरू बढिरहेका बेला आवश्यकता पूर्तिका लागि जापानले थप विचार गर्नुपर्छ ।

त्यसाे त जापानले भने शरणार्थीका नाममा कामको खोजीका लागि आउनेहरुको संख्या बढिरहेकाले त्यसको रोकथामकाे लागि शरणार्थीले  काम गर्ने अनुमति नवीकरणलाई कडाई गरिएको बताएको छ ।
जापानको न्यायमन्त्रालयले वास्तविक शरणार्थीको निरीक्षण गरिरहेको र शरणार्थीका लागि काम गर्ने अनुमतिमा कडाई गरिएकाले ‘अपमानजनक’ जस्तो मात्र देखिएको तर वास्तवमा त्यसो नगरिएको बताएको छ ।
यसवर्ष युद्ध र अन्य कारणले विश्वमा २० लाखबढी मानिसहरु विस्थापित भई शरणार्थी बन्न पुगेका छन् । नयाँ तथ्यांक अनुसार १ करोड ७२ लाख शरणार्थीहरु युएनएचसिआरको निगरानीमा रहेका छन् ।***

तपाईको प्रतिक्रिया