शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – जापान, कोरिया लगायतका देशमा पठाइदिने र सवारी अनुमतिपत्र लाइसेन्स बनाइदिने भन्दै पैसा असुलेको आरोपमा सर्लाहीका सञ्जिवकुमारप्रसाद साहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

कृषि अफिस खुमलटारको हाकिम भएकोले सोर्सफोर्सका आधारमा राम्रा देशमा पठाइदिन भन्दै साहले ४ जनाबाट ७ लाख १२ हजार रुपैयाँ उठाएर भागेको प्रहरीले जनाएको छ । उनलाई ग्वार्कोबाट २ लाख ७ हजार नगद र राहदानीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले नखिपोटका भिम कुमार मावोबाट २ लाख, हरिसिद्धीका सुरेन्द्र नेम्वाङ र बौद्धकी धनलक्ष्मी थापाबाट ५ लाख १२ हजार र लाल बहादुर लिम्बुबाट २० हजार रुपैयाँ लिएर भागेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया