बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – राष्ट्र बैंकले मंसिर १० गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ ।

बैदेशीक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) यस्तो बचत पत्र किन्न सक्नेछ । उनीहरुका परिवार (बुबा, आमा, श्रीमान, श्रीमति र छोराछारी) ले समेत बचत पत्र किन्न पाउने भएका छन् । यो बचत पत्रको बिक्री मंसिर २९ गतेसम्म चल्नेछ ।

बचत पत्र खरिद गर्दा कम्तिमा पाँच हजार रुपैयाँ र बढिमा पाँच हजारले भाग गर्न सकिने रकमको आधार लगानी गर्न सकिने व्यवस्था छ । नेपालमा सिटिजन्स, एनएमबी, नबिल, माछापुच्र्छे, प्रभु, सनराइज,सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्सियल बैंकमार्फत खरिद गर्न सकिन्छ । त्यस्तै, प्रभु मनि ट्रान्सफर, सिटी एक्सपे्रस, आईएमई लिमिटेड, सेवा रेमिट समेतबाट खरिद गर्न सकिनेछ ।

देशबाहिरका देशहरु मलेशिया, कतार, कुवेत , युएइ, जापान, साउदी अरब, कोरिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि बचत पत्रमा लगानी गर्न सकिने व्यवस्था छ । यी देशहरुमा आइएमइ लिमिटेड, सिटी एक्सपे्रस,प्रभु बैंक, प्रभु मनि ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक र सनराइज बैंकले बचत पत्र बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

बार्षिक १० प्रतिशत व्याजदर पाइने यस्तो बचत पत्रको व्याजमा कर समेत नलाग्ने व्यवस्था रहेको छ । ६-६ महिनाको दरमा व्याजदर पाइने यस्तो बचत पत्र बैंक तथा वित्तीय संस्थामा धितोमा राखेर कर्जा लिन पनि सकिनेछ ।

 

तपाईको प्रतिक्रिया