शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एशियाली छनौटमा नेपालले मंगलबार हङकङसँग पनि अंक बाँडेको छ । थाइल्याण्डको बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् ।

वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो । ६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । मंगलबारको खेलमा पनि अंक बाँड्न बाध्य भएपछि नेपालको दुई खेलबाट २ अंक मात्र भएको छ ।

सोमबार मलेसियालाई हराएको हङकङको भने ३ अंक छ । नेपालले अब तेस्रो खेलमा बिहीबार युएईसँग, चौथो खेलमा शुक्रबार मलेसियासँग र अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनौट खेल खेल्न पाउने छन् ।

तपाईको प्रतिक्रिया