शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ । ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने बताएको छ । अपोलो बिएसआर हस्पिटलकी चिफ डाइटिसियन स्विटी यादव दिनमा तीनपटकभन्दा बढी चिया नपिउन सुझाब दिन्छिन् । यस्ता छन्, चिया पिउँदा हुने बेफाइदा :

चियाले पार्ने डरलाग्दो असर
-चिया धेरै पिउने मान्छेलाई यो समाचारले दुखित बनाउन सक्छ । त्यो किनभने चियाले ब्रेस्ट क्यान्सरको सम्भावनालाई समेत बढाउँदै लैजान्छ ।

-बढी तातो चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तातो चिया पिउनुको परिणाम मुख र पेट जोड्ने नली ड्यामेज हुन सक्छ । जसको कारण क्यान्सर नै हुन सक्ने सम्भावना हुन्छ ।

-चियामा हुने अर्को हानिकारक तत्व भनेको ‘फ्लोराइड’ पनि हो । त्यसैले बढी चिया पियो भने हड्डी कमजोर बनाउँछ ।

-चियाको अत्यधिक प्रयोगले शरीरमा युरिनको मात्रा बढाउँदै लैजान्छ । जसको कारण सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन थाल्छ । जसले शरीरलाई कमजोर बनाउने काम गर्छ ।

-चियामा ‘टैनिक’ र टायलिन भन्ने तत्व हुन्छ । यस्तो तत्वले शरीरमा ‘इनडाइजेसन’ बनाउन सक्छ र पेटको समस्या अझ बढ्दै जान्छ ।

-चियामा भएको कफिनले मानिसमा थकान उत्पन्न गर्छ । थकित शरीरले मानिसलाई जाँगरसँग काम गर्नका लागि बाधा उत्पन्न गर्छ ।

चियाले बच्चामा यस्तो असर 
-चियामा भएको कफिनले मस्तिष्कको क्षमतामा ह्रास ल्याउने काम गर्दछ ।

-चियाका लागि चिनी अत्यावश्यक मानिन्छ । बढी चिनीले बच्चाको दाँतमा असर पर्ने गर्छ ।

-चियाको अत्यधिक प्रयोगले शरीरमा क्याल्सियम मात्र घटाउँदै लैजान्छ । जसले हड्डीलाई कमजोर बनाउने काम गर्दछ ।

-चियाले बच्चाको शरीरमा ‘अनडाइजेसन’ गराउने भएकाले पेटमा समेत समस्या देखिन थाल्छ ।

स्वस्थ चिया बनाउने विधि
-चिया तयार पार्दा चियापत्ती, दूध र चिनी कहिल्यै पनि एकैसाथ राख्नु हुँदैन । चियाका लागि पानी उम्लिसकेपछि मात्र चियापत्ती राख्नुपर्छ र अन्त्यमा दूध राख्नुपर्छ ।

-चियाका लागि पानी पटक–पटक उमाल्नु हुँदैन । तीन मिनेटभन्दा लामो समय उमालेको पानीमा अक्सिजनको कमी हुन जान्छ । त्यसले चियाको स्वादमा ह्रास ल्याउँछ ।

-पानी नउम्ली चियापत्ती राख्नु हुँदैन । उम्लिसकेको पानीमा चियापत्ती राख्दा राम्रोसँग रङ आउँछ र फ्लेबरलाई अब्बल बनाउन पनि भूमिका खेल्छ ।

-आधा घन्टाभन्दा लामो समय राखेको चिया कहिल्यै पनि पिउनु हुँदैन । लामो समयसम्म राखेको चियाले ‘इनडाइजेसन’ गराउँछ ।

कफीले किड्नीमा असर

कफी कतिपय अवस्थामा सानको विषय पनि बन्ने गर्छ । वा भनौँ, भेटघाटलाई आत्मीय बनाउनका लागि पनि कफीको सहारा लिने प्रचलन छ । तर, कफीले समेत किड्नीमा असर गर्ने अनुसन्धानले देखाएको छ । अनुसन्धानका अनुसार कफीको अत्यधिक प्रयोगले मानिसको आयुसमेत घटाउने काम गर्दछ । पोर्चुगलस्थित सन्ट्रो हस्पिटलका डाक्टर लिस्बोआ नोर्टेले गरेको अनुसन्धानपछि निस्केको उक्त रिपोर्टलाई एक अन्तर्राष्ट्रिय एएसएन किड्नी सप्ताहमा प्रदर्शन गरिएको थियो । उक्त अनुसन्धानबाट कफीले मधुमेहको समस्यालाई पनि बढाउने निष्कर्ष निस्केको छ ।

तपाईको प्रतिक्रिया