मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – महिला टि-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको आफ्नो पहिलो खेलमा नेपालले अंक बाँडेको छ ।

९१ रनको चुनौती पछ्याउँदै गर्दा पानी परेपछि खेल रोकिएसँगै दुबै टोलीले अंक बाँडेका हुन् । बेंककस्थित टेर्डथाई मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले ३.४ ओभरमा बिनाविकेट १० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । लगातार पानी परेपछि खेल नभएसँगै दुवै टिमले १-१ अंक बाँडेका हुन् । नेपालका लागि सीता मगरले ५ र ज्योति पाण्डेले ४ रनमा खेलिरहेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनको योगफल तयार पारेको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिएका थिए । नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १-१ विकेट लिए ।

सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया