शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा -१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा -१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु भएको उनका आफन्तले पुष्टि गरेका हुन् । विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपातको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया