शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भोलि चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुनुहुने भएको छ । तर, उहाँले सम्बोधन भने नगर्ने हुनु भएको छ ।

दाहाल पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, पुष्पकमल दाहालकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ । अध्यक्ष दाहालको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया