शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरेर चौतर्फी हिंसात्मक आक्रमण हुन थालेपछी नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिने भएको छ ।

सुनसरीको धरानमा बसेको दुवै मुलुकका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा आगामी निर्वाचनलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पार्ने सहमति भएको हो । बैठकमा झापा, मोरङ, सुनसरी र भारतका अररीया, किशनगंजका सुरक्षा प्रमुखहरुको सहभागिता थियो । यस्तै, भारत अररिया र किशनगञ्ज जिल्लाका प्रहरी प्रशासन तथा सिमा सुरक्षा वल एसएसवीका प्रमुुखहरुको उपस्थिती थियो ।

बैठकमा सहभागी सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार नेपालको निर्वाचन सफल बनाउन भारतको तर्फबाट सुरक्षा सहयोग, निर्वाचनमा ७२ घण्टा सीमा बन्द र सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरु दुबै देशका सुरक्षाकर्मीहरुले एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा खुल्ला सिमानाका कारण हुने अपराधिक घटना नियन्त्रणमा संयुक्त रुपमा काम गर्ने सहमति भएको छ ।

पछिल्लो समयमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुमाथि श्रृंखलाबद्ध बम आक्रमण गरेपछि सीमा क्षेत्रको सुरक्षा बजबुत बनाउँदै आतंकवाद नियन्त्रणमा समेत आपसी सूचना आदान प्रदान गर्ने सहमति भएको भारत अररियाका डिएम हिमाङ्सु शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया