बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–अमेरिकी सैन्य ट्रक चालकले मदिरा सेवन गरी चलाएको ट्रकको ठक्करबाट एक जापानी नागरिकको मृत्यु भएको छ ।

जापानको ओकिनावा प्रान्तको नोहा शहरमा आइतबार भएको सवारी दुर्घटनामा ट्रक चालकले मदिरा सेवन गरी ट्रक चलाइ अर्को सवारी साधनलाई ठक्कर दिदाँ घाइते भएका उक्त सवारी साधनका चालकलाई तत्काल अस्पताल पुरयाईए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनएचके अनलाईनकाअनुसार ट्रक चालक अमेरिकी समुद्री सेनाको सदस्य रहेको र उनलाई हिरासतमा लिई अनुसन्धान भैरहेको बताइएको छ । प्रत्यक्षदर्शीकाअनुसार सडक बत्ती रातो बलेको अवस्थामा सडकको चोकमा नै दुर्घटना भएको थियो । ***

तपाईको प्रतिक्रिया