शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

अब चुनाव अाउन एकसाता पनि बाकी छैन प्रतिनीधि सभा र प्रदेश सभाकाे लागि हुन गैरहेकाे निर्वाचनमा मतदाताले मतदान गर्ने अबसर पाएका छन् ।तर यसपटक कसरी मतदान गर्ने भन्ने कुरा अहिले पनि अन्याैल कै अबस्था छ सरकारले मतदातालाई सचेत बनाउन मतदाता शिक्षा दिने भनेर मतदाता शिक्षा घर घरमा गएर मतदातालाई दिने भनेर ठूलो लगानी गरेर खटाएको जनाएको छ तर साच्चै भन्ने हाे भने अहिले मतदाता शिक्षा खासै प्रभाबकारी देखिएको छैन ।
अहिले दुईवटा निर्वाचन एकैपटक हुदै छ एक जना मतदाताले प्रत्यक्षमा दुई मत समानुपातिक निर्वाचनमा दुई मत गरि ४ वटा मत खसाउनु पर्ने छ तर अहिलेसम्म त्यो सबै जानकारी मतदाताले राम्रोसँग पाउन सकेका छैनन् भन्दा फरक पर्दैन । हुनत नेपालमा धेरै पटक निर्वाचन भैसकेको छ अहिले नेपाली जनता धेरै सचेत भैसकेको छ भन्ने तर्क गर्नेहरू पनि यहाँ धेरै छन् तर नेपाली जनतालाई मतदान यसरी गर्ने हाे भन्ने कुरा सिकाउने निकायले राम्रोसँग सिकाउन सक्यो भने मात्रै मतदान राम्रो हुन्छ जनताको मत खेर जान पाउदैन त्यो कुरा प्रमुख हाे ।
मंसिर १० नजिकै अाइसक्याे तर मतदाता शिक्षा अाकासकाे फल अाँखा तरि मर भने झै भएको छ ।अहिले  बास्तबिक रूपमा भन्ने हाे भने मतदाता शिक्षा खाली कर्मकाण्डे साबित भएको छ ।अहिले सदरमुकामका केही बजार क्षेत्रमा केही मतदाता शिक्षाको तालिम लिएकाहरूले केही मतदातालाई मतदान गर्ने तरिका सिकाएको देखिएपनि त्यो प्रभाकारि भने नभएको गुनासो  रहेको छ ।

राजेशचन्द्र राजभण्डारी

अहिले गत निर्वाचनमा जस्तो चासो राैनक यसपटकको निर्वाचनमा धेरै कम देखिएको छ । बामपंथी गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबिच अहिले चुनावी प्रतिस्पर्धा हुने भएको कारणले पनि चुनाव पहिलेकाे भन्दा पचिलाे बन्दै गैरहेकाे देखिन्छ ।अहिले निर्वाचनमा उमेदवार मतमाग्न घर घरमा खेतमा बारीमा पुगेर कतिपय उमेदवारले हलाे जाेत्ने धान काट्ने देखि मादल बजाएर समेत मतदातालाई अाफुतर्फ आकर्षित गर्न खाेजेका छन् यसलाई सबैले सकारात्मक माने पनि अहिले यो सबै चुनावकाे लागि मात्रै नाटक भन्दा अरू केही नभएको भन्ने समेत नसुनिएकाे हैन । तर अहिले उमेदवार घरदैलोमा पुगेर परिचित भएपनि मत कसरी ४ वटा राख्ने भन्ने बारे चाहिँ शिक्षा भने दिएको पाइदैन राजनीति दलको कमजोरी पनि यहीँ नै हाे ।
१ कराेड ६७ लाख मतदातालाई मतदाता शिक्षा दिने भनेकाे चानचुने कुरा हैन अहिले निर्वाचन कार्यालयले हतारमा दिएको शिक्षा र अनि फेरि गाउँ गाउँमा गएर मतदातालाई शिक्षा दिन खटिएका कर्मचारी स्वयंसेवक कहिले कतिबेला पुगेर मतदातालाई मतदान गर्न सिकाउने हुन् अत्तोपत्तो छैन ।अनि राज्यको लगानी रास्ट्रकाे लागि चाहिने जनप्रतिनिधि कसरी राम्रो संग चुन्न सक्छन् जनताले गम्भीर प्रश्न हाे यो । नेपालीमा पुरानो उखान छ रातभरि करायाे दक्षिणा मात्रै हरायो भने झै भएको छ अहिले दिइएको मतदाता शिक्षा ।
समय हुदासम्म राम हेरर बस्ने जब समय ढल्किन लाग्छ अनि हतारमा फेरि सरकारले केही गरेको छ है निर्वाचन अायाेग सक्रिय छ है भनेर देखाएको जस्तो मात्र नहाेस भन्ने कुरा प्रमुख हाे हामीले गर्न खाेजेकाे काम के हाे अहिले देश ७ वटा प्रदेशमा बिभाजन भैसकेको छ अहिले मंसिर १० र मंसिर २१ मा हुने निर्वाचनले देशमा नयाँ सरकार र नयाँ माेडेल दिने कुरामा अब शंका छैन तर राजनीति दल अहिले निर्वाचनकाे लागि तयार भैरहेको समयमा फेरि ठाउँ ठाउँमा भएको बम बिस्फोटका घटना लाई कारण बनाउदै निर्वाचन नै राेकिने हाे कि भन्ने अर्को शंका भए पनि अब सानो हालतले चुनाव राेकिने वाला भने छैन ।
अहिले बामपंथी गठबन्धन र प्रजातान्त्रिक गठबन्धन भए पछि पहिलाको तुलनामा अहिले धेरै सहज बाताबरण बनेको देखिन्छ ।गाउँ गाउँमा हुने झडप पनि धेरै कम भएको छ तर निर्वाचनलाई चाहिने प्रमुख कुरा मतदाता शिक्षा नै हाे अाफ्नाे पार्टी लाई कसरी प्रतिनिधिसभा र कसरी प्रदेश सभामा मतदान गर्ने अनि कसरी समानुपातिकमा मत हाल्ने भन्ने कुरा पनि संगसंगै सिकाउन जरुरी छ ।अहिले निर्वाचन बाट खटिएका कर्मचारी स्वयंसेवकले गर्न नभ्याएको ठाउँमा राजनीतिदलका नेता कार्यकर्ता सबैले सिकाउन सके मात्रै अहिले गाउँ गाउँमा पुगेर मतदाता संग मत मागेकाे सार्थक रहने छ ।
अहिले साच्चै निर्वाचनमा कम भन्दा कम मत बदर गराउने अाफुले राेजेकाे उमेदवारलाई मत दिलाउन पनि मतदाता शिक्षा अनिवार्य छ ।अहिले दबाब र प्रभावमा भर्ना भएका मतदाता शिक्षा दिने कर्मचारी पनि कसरी जिम्मेवार बन्छन् सदरमुकाम मै त यस्तो हालत भए गाउँ गाउँमा कसरी कस्ताे शिक्षा दिनेहुन् त्यो कुरा त घामझै छर्लङ्ग छ ।अहिले साच्चै नेपालमा जस्तो बेथिति संसारमा कहि कतै हुदैन भन्ने कुरा सत्य हाे ।अहिले एकत जाडोकाे महिना अर्कोतिर किसानलाई खेती कै चटारो भएको समयमा हुदै गरेको निर्वाचन अर्कोतिर ठाउँ ठाउँमा बम बिस्फोट भइरहेको समयमा निर्वाचन शिक्षा के कति प्रभावकारी हुन्छन् त्यो पनि स्पष्ट छ ।
हामी गणतन्त्रमा प्रबेश गरेको पनि १० बर्ष पूरा हुन लागि सकेको छ तर हाम्रो पनि अानि बानी सबै राजनीति दलका नेताकाे जस्तो छ अनि कसरी बिकास हुन्छ ।जसलाई जे कामकाे जिम्मेवारी दिइएको छ त्यो उसले पूरा नगरीकन खादा समेत कसैलाई वास्ता हुदैन निर्वाचन अाचार संहिता उलंघन काे कुरा उठीरहेकाे छ तर कसले उजुरी दिने कसले कार्वाही गर्ने अन्याैल काे अबस्था छ ।
अहिले समय जेजति छ यसकाे अधिकत्तम उपयोग गरि निर्वाचन शिक्षा दिएर जनताको मत खेर जान नदिने बाताबरण सृजना गराै निर्वाचन जसरी पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने भुमिका सबैले अाफ्नाे क्षेत्र बाट खेल्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ ।अहिले बागलुङको लागि भन्न खाेजे पनि यो देशब्यापी समस्या हाे सबै अाफ्नाे ठाउँमा इमानदार बनाै यत्ति भए पुग्छ ।

तपाईको प्रतिक्रिया