शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ ।

२०७० सालको संविधानसभा चुनावमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी उहाँले आफ्ना मतदातालाई दिनुभएको हो ।  पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ४ मा सडक विस्तार र सुधारमा मात्रै पाँच अर्ब भन्दा बढी रकम विनियोजित भएको उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो, “चार वर्षसम्म यस क्षेत्रको जनप्रतिनिधि भएर मेरो प्रयासमा यस क्षेत्रको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणमा भएका काम र विनियोजित बजेटबारे मतदातालाई जानकारी गराएको छु ।”

उहाँले धोबीखोला करिडोरको गोपीकृष्णसम्म कालोपत्र गर्न र गोपीकृष्णदेखि चुनीखेल भद्रकालीसम्म ट्र्याक खोल्न झण्डै एक अर्ब रुपैयाँ विनियोजन भएर काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं क्षेत्र नं ४ मा सानाठूला गरी १५६ वटा योजना सञ्चालनमा रहेका छन् ।

दस्तावेजमा सडक योजनाअन्तर्गत काठमाडौं–४ मा सुन्दर बस्ती सडकका लागि २८ करोड आठ लाख ६९ हजार रुपैयाँ विनियोजन भएर निर्माणको काम भइरहेको उल्लेख छ ।

त्यसैगरी, धोबीखोला करिडोर अन्तर्गत शंखमुलदेखि गोपीकृष्ण, कालोपुलसम्म झण्डै ३५ करोड रुपैया, गोपीकृष्णदेखि उत्तरतर्फ चुनिखेल भद्रकालीसम्म दायाँबायाँ पर्खाल लगाउन र ट्र्याक निर्माण गर्न ६० करोड रुपैयाँ रहेको छ ।

कपन कृष्णमन्दिर–चुनिखेल–पौराणिक मार्गमा एक करोड रुपैयाँ, आनिगुम्बा–कृष्णमन्दिर उकालो ढलानमा एक करोड रुपैयाँ, कपन खरिबोट–पैयुँटार–शहीद पार्क सडकमा एक करोड रुपैयाँ लागतमा निर्माण भइरहेको नेता थापाले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया