शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नवलपरासी  – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोटमा शनिबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

गैँडाकोट–७ को राजमार्गमा रोकिराखेको ना ४ ख ९७०८ नम्बरको  ट्रकमा ना ५० प ४४ ३४ नम्बरको मोटरसाइकल ठोक्किँदा भरतपुर–१५ मंगलपुरका १९ वर्षका सन्दिप घिमिरे र  २० वर्षका सुनिल शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया