शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिंडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो ।

तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन ।

शनिबार मात्र रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका थिए ।

त्यस्तै तनहुमा नेपाली कांग्रेसका बरिष्ठ नेतालाई लक्षित गरी बम विस्फोट गराइएको थियो । त्यसबाहेक ओखलढुङ्गा बम फेला परेको थियो भने भोजपुरमा गोली हानाहान भएको थियो ।

तपाईको प्रतिक्रिया