शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
टोकियो-जापानको ओकिनावा  क्षेत्रमा बसोबास गर्ने नेपालीहरु बीच परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना हुने भएको छ ।
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको संयोजन र नेवा:जागरण मंच जापानको आयोजनामामा हुने उक्त कार्यक्रम यहि नोवेम्बर १९  तारेखमा ओकिनावामा  हुनेछ l
नेपालका विभिन्न जिल्लाहरुबाट जापानको ओकिनावा क्षेत्रमा आइ बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
ओकिनावाको चट्टान स्थित  काष्टमण्डप  रेस्टुरेन्टमा साँझ १८ :०० बजेबाट सुरु हुने कार्यक्रममा जापानबासी नेपालीहरुलार्इ उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान :
KASTHMANDAP
Zip Code 904-0117
CHATTAN-CHO,KITAMAE1-10-10

तपाईको प्रतिक्रिया