शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् ।

मानव तस्करहरुले विभिन्न प्रलोभनमा ल्याइएका महिलालाई अन्य अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका हुन् ।

उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् ।

मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ ।

दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ ।

दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिकारीहरुको छ । ‘दक्षिण अफ्रिका सरकारले विदेशी कामदारलाई वर्क परमिट दिंदैन ।

तर पनि नेपालीहरु आइरहेका छन,’ दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले कान्तिपुरसँग भने, ‘यहाँ निकै स्किल कामदारको खोजी पहिलो हुन्थ्यो । अहिले त्यो पनि खोजी हुदैन । ३० प्रतिशत बेरोजगार यही छ ।

सन २००० अघि राम्रा डक्टर, इन्जिनियर, प्राध्यापकहरुको खोजी हुन्थ्यो । अहिले त्यो पनि बन्द छ । त्यो समयमा समेत सामान्य श्रमिकको खोजि हुदैन थियो । सामान्य कामदारलाई यहाँ बैधानिक रुपमा काम गर्न छुट समेत छैन ।’

तपाईको प्रतिक्रिया