बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – भारतकी मानुषी छिल्लर मिस वर्ल्ड २०१७ बनेकी छन् । चीनको सनायामा शनिबार बेलुका भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा विश्वका एक सय ८ देशका सुन्दरीलाई पछि पार्दै भारतकी २० वर्षकी छिल्लरले विश्व सुन्दरीको मुकुट पहिरिएकी हुन् ।

विश्व सुन्दरी बन्ने उनी छैटौं भारतीय सुन्दरी हुन् । पछिल्लो पटक सन् २००० मा भारतकी प्रियंका चोपडा विश्व सुन्दरी भएकी थिइन् । स्वस्थ्य विज्ञानकी विद्यार्थी छिल्लर हेड टु हेथ च्यालेन्ज तथा ब्यूटी विद पर्पसमा पनि अब्बल ठहरिएकी थिइन् ।

उनले अन्तिम प्रश्न विश्वमा कुन पेशको तलब धेरै हुनु पर्छ र किन ? को जवाफ दिँदै अरुलाई पछि पारेकी हुन् । उनले त्यसको जवाफमा आमाले सबैभन्दा धेरै तलब पाउनु पर्ने बताएकी थिइन । मिस वर्डमा मेक्सिकोकी सुन्दरी फस्ट रनरअप तथा बेलायतकी सुन्दरी सेकेण्ड रनरअप भए ।

 

तपाईको प्रतिक्रिया