शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।

आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उहाँको भनाइ थियो । प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि उहाँले गर्नुभयो ।

विकास निर्माणले गति लेओस्ः दाहाल
त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा बलियो र स्थिर सरकार बन्न नसक्दा राष्ट्र र जनताका पक्षमा काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले वाम गठबन्धनमार्फत राष्ट्रमा एउटा बलियो स्थिर सरकार बनोस् र त्यस्तो सरकारसँगै विकास निर्माणले गति लेयोस् भन्नुभयो । उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।’

तपाईको प्रतिक्रिया