शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो–जापानको न्याय मन्त्रालयले बालदुर्व्यवहारका घटना र घरेलु हिंसाका घटना एक दशकको अवधिमा उल्लेख्य बढेको र चोरीका घटनाहरु निकै घटेको प्रतिवेदन मार्फत जनाएको छ ।

सन् २००७ देखि २०१६ सम्म बालदुव्र्यवहारका घटना ३०० प्रतिशतले बढी १०४१ पुगेका, घरेलु हिंसा तीन गुणाले वृद्धि हुन गई २००७ मा २७९४ रहेका र २०१६ मा ७४५० छन् भने चोरी घटना ७० प्रतिशतभन्दा बढीले कमी हुन गएको न्याय मन्त्रालयद्धारा जारी स्वेत पत्रमा उल्लेख गरिएको छ ।

१४ वर्षका तथ्याङ्कलाई हेर्दा सांगठनिक अपराधका घटनाहरु घट्न गई सन् २०१६ सम्ममा ९९६१२० पुगेको जनाइएको छ । यो आँकडा सन् २००२ को अवस्थालाई हेर्दा एक तिहाई कमी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ– सडकमा हुने आपराधिक घटना रोक्नका लागि पर्याप्त मात्रामा सिसि क्यामेराको प्रयोग गरिएको छ ।

२००४ का आपराधिक घटनाहरु २०१६ मा आइपुग्दा ५९.५ प्रतिशतले दोहोरिएको प्रतिवेदनमा जनाइएको छ । आपराधिक घटनाहरुमा कमी आउनु सुखद पक्ष रहेपनि आपराधिक घटनाहरु दोहोरिनु चिन्ताको विषय भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

‘अपराधका घटनाहरु न्युनिकरण गर्न राज्यले महत्वपूर्ण सुधार गरेको छ ।’ रिपोर्टमा उल्लेख छ– यहाँ सुरक्षा सुधारका लागि बालबालिका दुव्र्यवहार र घरेलु हिंसा जस्ता अपराधहरु उचित ढंगले रोकिनु आवश्यक छ रअपराधहरुको पुनरावृति रोकिनका लागि थप प्रभावकारी उपायहरु खोजिनु आवश्यक छ ।

प्रतिवेदनका अनुसार ४० प्रतिशत पुराना कैदीहरु २०१२ मा पाँच वर्ष कैद अवधि रहँदै रिहाई गरिएको थियो भने केहीलाई आफ्नो अपराध स्वीकारपछि दुई वर्ष कैद अवधि हुदै रिहाई गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया