बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो–जापानको प्रधानमन्त्रीका रुपमा पुनः निर्वाचित सिन्जो आबेले पहिलो पटक संसदमा बोल्दै उत्तर कोरियाले बढाएको सुरक्षा खतराको जवाफमा रक्षा क्षमतालाई सशक्त बनाउने बताएका छन् ।
संसदको पूर्ण अधिवेशनमा आफ्नो नीति तथा कार्यक्रम पेश गर्दै प्रधानमन्त्री आवेले जापानको आसपासका क्षेत्रको सुरक्षा स्थिति दोस्रो विश्व युद्धको समाप्ती पछि कै सबैभन्दा गम्भिर अवस्थामा रहेकोले रक्षा क्षमतालाई सशक्त बनाउनु परेको बताएका छन् ।
प्रधानमन्त्री आबेले अन्तराष्ट्रिय समुदायको साथ लिदैं प्योङयाङको परमाणु र मिसाइल विकासको मुद्धा ७०÷८० को दशकमा अपहरित जापानी नागरिकको समस्या सुल्झाउन दबाब दिने बताए ।
उत्तर कारियाको बढ्दो उढ्दो उक्सावटका सन्दर्भमा जापान–अमेरिकाको मजबुत गठबन्धनको माध्यमबाट जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको, यसका लागि जापानको रक्षा क्षमता बढाउनका आफ्नो पुरै जोड लगाउन लागेको प्रधानमन्त्री आबेले बताए ।
गत महिना जापानमा सम्पन्न तल्लो सदनको निर्वाचनबाट आफुलाई पुन प्रधानमन्त्रीको रुपमा निर्वाचन गराएकोमा देशको स्थिर राजनीतिको वातावरण तयार भएकोले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज हुने बताए ।

तपाईको प्रतिक्रिया