बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बर्दिया – गत केहि दिन देखि बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुने, किङफिसर र हात्ती मचान क्षेत्रमा डमरू सहितको पाटेबाघ देखिन थालेपछि बाघ हेर्ने विदेशि तथा स्वदेशी पर्यटकहरूको घुईचो लाग्ने गरेको छ ।

चार वटा डमरू सहितको ५ वटा पाटेबाघको फोटोले निक्कै चर्चा पाएको सोही क्षेत्रमा २ वटा डमरू सहित पाटेबाघ देखिएपछि पर्यटकहरूको घुईचो लागेको हो ।  बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती मचान क्षेत्रमा डमरू सहितको पाटेबाघ देखिएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूको खुशिको सिमा नै छैन । बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुने, बालकोनी, किङफिसर र हात्ती मचान क्षेत्रमा डमरू सहित पाटेबाघ हेर्नहरूले भरिएको छ ।रोयलबेंगाल प्रजातीको पाटेबाघ हेर्न विहान ७ बजेदेखि साँझ ५ बजेसम्म धैर्यताका साथ धुलो, काँडा र फोहरको वास्तै नगरी नदीको किनारमा रहेका रूखमुनी, बुट्टयानमुनी भुँईमा सुतेर, बसेर खास गरी हात्ती मचान क्षेत्रमा हेर्न सकिन्छ । मैले पनि पाटेबाघ खुला आँखाले देखेको छु तर डमरू सहितको पाटेबाघ हेर्न देखिएको धैर्यता पहिलो पटक हात्ती मचान क्षेत्रमा देखे । नेचर गाइडहरू पनि निक्कै खुशि देखे, विदेशी पाहुनाहरूलाई डमरू सहितको पाटेबाघ देखाउन सकेकोमा अनुहारमा उनिहरूको एक किसिमको चमक देखे मैले ।नेचर गाइड तिलक बिश्वकर्माले भन्नुभयो, ‘त्यो क्षणको म बयान नै गर्न सक्दिन, २ वटा डमरू सहित पाटेबाघले पानी पिएर गएको केही क्षणमै, बाघले गैडा र उस्को बच्चालाई आक्रमण गर्न थाल्यो, गैंडा आफ्नो बच्चालाई जोगाउँदै नदी किनारमा दौडी रहेको सिन मानौं अहिले पनि आँखाबाट हट्न सकेको छैन’ विदेशीहरूको त कुरै छोडौं जीवन सार्थक भएको उनीहरूको अभिव्यक्ति थियो ।होटल व्यवसायी समेत रहेका नेचरगाइड शंकर भट्टराईले भन्नुभयो, ‘म दुई दिन देखि यो हात्ती मचान क्षेत्रमा छु, थुप्रै पर्यटकहरूलाई मैले घुमाई रहेको छु । मलाई लाग्छ, यसपाला आएका विदेशी पर्यटकहरू सन्तुष्ट छन, उनीहरूले हरेक दिन डमरू सहित पाटेबाघ देख्न पाएका छन्’ । नेपालगञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका सतिश पाण्डेले जनावर हेर्नका लागि यस्तो भिड र उनीहरूको प्यासेन्स कहिले पनि देखेका थिएनन । उहाँ यो भिड र बाघ हेर्न दिन भरी भुँईमा सुतेर, कुरेर बस्दाको प्यासेन्स देखेर अचम्मित हुनुहुन्छ । कर्णाली नदीको भँगालो खौराह नदीको नामले चिनिने हात्ती मचान क्षेत्रको नदी किनारको जँगलमा लुकेर, सुतेर बसेकाहरूलाई हेर्दा बाघ हेर्नु भन्दा पनि यो सिन हेर्न मलाई रमाईलो लाग्यो । यसरी डमरू सहित पाटेबाघ देखिनुले नेपाल सरकारले सन २०२२ सम्म नेपालमा रहेको पाटेबाघको संख्या दोब्बर बनाउने लक्ष्यलाई त सहयोग गर्छ नै यहाँका पर्यटन व्यवसायीहरूलाई ठुलो राहत पुग्छ भन्ने कुरालाई मजबुत बनाउने कुरालाई नकार्न सकिन्न । –लेखक बीबीसी नेपाली सेवामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया