बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं – नेपाल मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । मलेसियाको किनरारा ओभलमा नेपालले दिएको १०४ लक्ष्य अफगानिस्तानले मात्र २० ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । योसँगै अफगानिस्तान पहिलोपटक एसिया कपको फाइनलमा पुग्न सफल भएको छ ।

यता, पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालको फाइनल पुग्ने सपना सकिएको छ । अब अफगानिस्तानले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया