शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् । उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ । मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो ।

असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

घटनामा संलग्न ८ जना अझै फरार छन् ।

तपाईको प्रतिक्रिया