बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं – बि. एम. एस. फिल्मसको प्रस्तुती पशुपती शर्मा र मञ्जु पौडेलेको यो चुनावमा जनताले जित्नुपर्छ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । पशुपति शर्मा र मञ्जु पौडेलले नै आवाज दिनुभएको यस गीतको शब्द भने पशुपति शर्माले नै लेख्नुभएको हो ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा शर्मा र पौडेलले नै अभिनय गर्नुभएको छ । प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि अन्य कलाकारले राजनीतिक गीत गाईरबेला शर्माले भने देश र जनताका लागि गीत गाउनुभएको हो ।

तपाईको प्रतिक्रिया