शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पछिल्लो समयमा विकास हुँदै गइरहेको सहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण मानिसमा धेरै किसिमका रोग देखा पर्दै छन् । हामीले खाना खाँदा पनि खासै ध्यान दिएको पाइँदैन । धेरै चिल्लो, पिरो खाने, माछा मासु धेरै खानेजस्ता कुराले हाम्रो तौल अत्यधिक बढिरहेको हुन्छ । जसका कारण हामी अरूसँग बोल्दा, हिँड्दा  अप्ठ्यारो महसुस गरिरहेका हुन्छौँ । कसैको शरीरभन्दा पेट पुट्ट निस्केर हैरान बनाएको हुन्छ । पेटमा भएको बोसो योगका माध्यमबाट कम गर्न सकिन्छ ।

योग गर्नका लागि मानसिक रूपमा पूर्ण तयार हुनुपर्छ । यसपछि मात्र योग सुरु गर्नुपर्छ । त्यसपछि योग गर्नका लागि सजिलो आसन छान्नुपर्छ । शरीरलाई यताउता चलाउन सजिलो हुने गरी आसन रोज्नुपर्ने हुन्छ । त्यसपछि आरामसँग आसनमा बस्नुपर्छ ।


दुई कुर्कुच्चाको माध्यमबाट बिस्तारै उभिनुहोस् । अब श्वास लिएर दुवै हत्केलालाई शरीरभन्दा माथि गर्नुपर्छ । योग गर्दा श्वासमा ध्यान केन्द्रित गर्नुपर्छ ।

यसपछि बिस्तारै श्वास छोड्दै शरीरलाई झुकाउनुहोस् । हत्केलालाई तनक्क तन्काएर कानको दायाँ–बायाँ ल्याउनुहोस् । यो आसनमा एक मिनेटसम्म बस्न सकिन्छ । यो आसन गर्दा शरीर सीधा पारेर गर्नुपर्छ ।

यो आसन गर्दा पेट र कम्मरमा भएको बोसो घटाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया