हेर्नुस् राष्ट्रपति भण्डारीको यूएई भ्रमण (फोटोफिचर)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा रहनुभएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्नुभयो ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । औपचारिक भ्रमण सकेर राष्ट्रपति कात्तिक ३० गते (भोलि) स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रले मन्त्रालयले जनाएको छ ।

फोटोः सुरेन्द्रबहादुर नेपाली, रासस

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित