१० लाख घुससहित वैदेशिक रोजगार विभागका २ कर्मचारी पक्राउ

काठमाडौं  – वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई अख्तियार तथा प्रहरीको टोलीले पक्राउ गरेको छ ।

उनीहरुलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको हो । रोक्का गरिएकाे काराेबार फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित